निगमले दियाे भवन भट्टलाई लिलामीमा राखेको बोइङ खरिद गर्न ४५ दिने म्याद

काठमाण्डाैं, १५ मंसिर । नेपाल वायुसेवा निगमले लिलामीमा राखेको बोइङ ७५७ खरिदका लागि बीबी एयरवेजलाई ४५ दिने म्याद दिएको छ । यो समयमा जहाज खरिदको लागि सबै रकम बुझाउनु पर्नेछ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको कम्पनी बीबी एयरवेजले असोज अन्तिम साता बोइङ खरिदका लागि अग्रिम भुक्तानी बापत एक करोड ५० लाख बुझाएको थियो ।

तर, लामो समय खरिद सम्झौता गर्न आनाकानी गरेपछि निगमले एक हप्ते म्याद दिँदै सार्वजनिक सूचना निकाले पछि निगम र एयरवेजबीच खरिद सम्झौता भएको छ ।

निगमले बीबी एयरवेजलाई१५ करोड १८ लाख रुपैयाँमा विमान बिक्री गर्न लागेको छ । यसमध्ये १० प्रतिशत अग्रिम भुक्तानी दिइएको छ । अब बीबी एयरवेजले १३ करोड ६८ लाख रुपैयाँ बुझाउन बाँकी छ ।

मर्मतमा लाग्ने खर्च पनि उठाउन नसक्ने भएपछि वायु सेवा निगम बोइङ ७५७ बेच्ने निर्णयमा पुगेको थियो ।

Top