राेतहटमा एक युुवतीको शंकास्पद मृत्युु

रौतहट, १४ मंसिर । स्थानीय देवाही गोनाही नगरपालिकामा एक युुवतीको शंकास्पद मृत्युु भएको छ ।देवाही गोनाही नगरपालिका– ७  सुुखाडी पाशवानकी १८ वर्षीया अविवाहित छोरी सुुरतियाकुुमारीको शंकास्पद मृत्युु भएको हो ।

शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर गए राति ८ बजे जलाइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट पुुगेको टोलीले नियन्त्रणमा लिएको थियो ।

शरीरको आधाभन्दा बढी भाग जलिसकेको युुवतीको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलााका प्रहरी गरुडाका प्रमुुख प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए ।

शव प्रहरीले नियन्त्रणमा लिएपछि घरपरिवारका सबै सदस्य घर छाडेर फरार छन् । युुवतीको मृत्युुको कारण हालसम्म खुुल्न नसकेको र शवको परीक्षण प्रतिवेदन आएपछि मात्र मृत्युुको कारण खुुल्ने प्रहरीले जनाए

Top