मनोहरा खोलामा डुबेर एकको मृत्यु

भक्तपुर, १३ मंसिर । मनोहरा खोलामा डुबेर आज एक पुरुषको मृत्यु भएको छ ।
मध्यपुरठिमी नगरपालिका– २ सानोठिमी मगरगाउँस्थित हरहर महादेवस्थान काँडाघारी जाने खोलामा डुबेर चौतारा साँगाचोकगढी नगरपालिकाका ४४ वर्षीय प्रेमबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनोहरा खोलामा रहेको काठको पुल तर्ने क्रममा खोलामा खसेर घाइते भएका तामाङलाई प्रहरीले मध्यपुरथिमिस्थित कोरिया नेपाल मैत्री अस्पतालमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।

Top