मंसिर १० र २१ गते सार्वजनिक बिदा

काठमाडौ, ८ मंसीर । सरकारले प्रतिनिधि र प्रदेशसभाको दुवै चरणको निर्वाचनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार मंसिर १० र २१ गते हुने निर्वाचनका लागि सरकारी कार्यालय, अर्ध सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा बिदा दिनेबारे जानकारी गराएको हो ।

पहिलो चरणमा पर्सि आइतबार उच्च हिमाली ३२ जिल्लामा र मंसिर २१ गते ४५ जिल्लामा दुवै तहको निर्वाचन हुँदैछ ।

Top