बुटवल र सल्यानमा सवारी दुर्घटनाः ३५ जना घाईते

काठमाण्डौं, ८ मंसिर । बुटवल र सल्यानमा भएका सवारी दुर्घटनमा परी ३५ जना घाईते भएका छन् ।
बुटवलमा ट्रक र बस एकआपसमा ठोक्किदा १९ जना र सल्यानमा भएको बस दुर्घटनामा १६ जना घाइते भएका हुन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवलको सैनामैना नगरपालिका–६, दुधराक्षमा ट्रक र यात्रुबहाक बस एकआपसमा ठोक्किँदा १९ जना घाइते भएको र ति मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी पवन भट्टराईले दिएको जानकारी अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रक र विपरित दिशाबाट आइरहेको बस एक आपसमा ठोक्किएको हो । घाइते १७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर दुई जनालाई थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल पठाइएको छ ।

यस्तै, रोल्पाको राँकबाट दाङ तुलसीपुरका लागि छुटेकोे ना ३ ख ८०७७ नंम्वरको बस सल्यानको शारदा नगरपालिका –६, वरलामा दुर्घटनाग्रसस्त हुदा १६ जना घाईते भएका हुन् ।

घाईते हुनेमा अधिकांश सल्यानका रहेका छन् । दुर्घटनामा परी घाइते भएकाहरुमध्ये ९ जनाको अधिकारी पोलिकिल्निक र ७ जनाको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको बस व्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक नरबहादुर सलामीले जानकारी दिनुभयो । बसमा ३५ जना यात्रु सवार थिए ।

Top