आइसीसी महिला टि–ट्वान्टीः नेपालद्वारा मलेसिया ३३ रनले पराजित

काठमाण्डाैं, ८ मंसिर । आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले पहिलो जित दर्ता गरेको छ ।

छनोट अन्तर्गत आज भएको चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।

थाइल्याण्डमा जारी खेलमा नेपालले दिएको १०९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको मलेसियाले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ७५ बनाउन सक्यो ।

Top