राजधानीमा आजदेखि अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सव शुरु

काठमाण्डाैं, ६ मंसिर । अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवमा एलपी देवकोटाको कर्णाली मष्टो छनौट भएको छ । राजधानीमा आजदेखि ९ गते सम्म सञ्चालन हुने महोत्सवमा कर्णालीबाट बनेको पहिलो लोक संगित फिल्म छनौटमा परेको हो ।

लोक गित, लोक संगीत, लोकबाजा, लोक संस्कृति, परम्परा, लोक जीवनका विविध पक्षको अध्ययन अनुसन्धानसंगै प्रचार प्रसार गर्न अन्तर्राष्ट्रिय लोक संगित फिल्म महोत्सव हुन लागेको हो ।

कर्णालीमा तयार गरिएको पहिलो लोक संगीत फिल्म कर्णाली मष्टो पनि प्रदर्शन हुने भएको छ । सुदुर पश्चिम र मध्यपश्चिमा मष्टो देवतालाई कुल देवताको रुपमा मान्ने गरिन्छ ।

सातौ संस्करणको यो महोत्सवमा नेपाल सहित विश्वका १८ मुलुकमा बनेका लोक संगीतसंग सम्बन्धित ३२ वटा वृत्तचित्र देखाइने छन् ।

सांस्कृतिक संस्थासंगको सहकार्यमा नेपाली लोक बाजा संग्रहालयले आयोजना गर्न लागेको महोत्सवमा नेपालबाट ८ वटा फिल्म छानिएका छन् ।

Top