होचा कलाकार शाहको निधन

काठमाडाैं, ३० कात्तिक– नेपालकै होचा कलाकार दिपेन शाहको आज बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर अस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो । दुवै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो ।

दोलखाको भीमेश्वर नगरपालिकामा जन्मिएका कलाकार हाँस्य टेलि श्रृङखलामार्फत लोकप्रिय बनेका थिए । केही समयअघि उनले विश्वकै सबैभन्दा होँचो कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकडमा नाम लेखाउन प्रयास थालेका थिए ।

Top