मुग्लिन–नारायणगढ सडकमा गाडी नराेकिने

चितवन, २९ कात्तिक– नारायणगढ–मुग्लिन सडकमा गाडी नरोकिने भएको छ । चुनावको लागि गाडीको आहोरदोहोर बढेकाले तत्काल केही दिनका लागि गाडी नरोकिने चितवन ट्राफिक कार्यालयले जानाएको छ ।

नारायणगढ–मुग्लिन सडक विस्तारका लागि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने भनेपनि निर्वाचनका कारण गाडीको चाप झन् बढेको भन्दै गाडी रोकिने छैन् ।

कहिलेसम्म गाडी नरोक्ने भन्ने बारे प्रष्ट पारिएको छैन । गएको शनिबार १० घण्टा गाडी रोकिँदा सोमबार दिउँसोसम्म नै प्रभाव परेकाले तत्कालका लागि गाडी रोक्दै पठाउने योजना नरहेको ट्राफिक कार्यालय चितवनले जनाएको छ ।

Top