सुरक्षा व्यवस्था अत्यन्त मजबुतः गृह मन्त्रालय

काठमाडाैं, २९ कात्तिक– गृह मन्त्रालयलले पहिलो चरणको निर्वाचन आउन ११ दिन मात्र बाँकी रहँदा निर्वाचन हुने ३२ जिल्लाको सुरक्षा व्यवस्था अत्यन्त मजबुत पारिएको जनाएको छ ।

निर्वाचनका लागी मजबुत सुरक्षा आधार तयार पारिएको भन्दै उम्मेदवार र मतदान केन्द्रको सुरक्षामा कुनै कसर बाँकी नराखेको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्माले बताउनुभयो ।

छिटफुट रुपमा केही समुहले आफ्नो अस्तित्व देखाउन निर्वाचन विरोधी गतिविधि गरिरहेपनि सुरक्षा अवस्था पुर्णत नियन्त्रणमा रहेको मन्त्रालयको दावी छ ।

साथै उम्मेदवारमाथि पछिल्लो समय बढिरहेको आक्रमणका घटनालाई ध्यानमा राखेर गर्दै मन्त्रालयले सुक्ष्म रुपमा सुरक्षा टोली परिचालन गरेको पनि जनाएको छ ।

निर्वाचनका लागि तीन तहको सुरक्षा प्रबन्ध मिलाईएको भन्दै मतदातालाई ढुक्क भएर निर्वाचनमा भोट खसाल्ने अवस्था सृजना गर्न सुरक्षा निकाय लागि परेको प्रवक्ता शर्माले उल्लेख गर्नुभयो ।

Top