वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे अख्तियारकाे नियन्त्रणमा

काठमाण्डाैं, २९ कार्तिक ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा  वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल र विभागकै नायव सुब्बा खड्गबहादुर केसीलाई हिजाे दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

उनीहरुको बयानकै आधारमा महानिर्देशक पाण्डेको पनि त्यसमा संलग्नता भएकाे देखिएपछि पक्राउ गरिएको अख्तियार श्रोतले जनाएकाे छ ।

Top