‘राष्ट्र बैकले आजदेखि ब्याजदर करिडोर लागू गर्ने’

काठमाडौं, २९ कार्तिक – राष्ट्र बैकले आजदेखि ब्याजदर करिडोर लागू गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नितिमार्फत यो व्यवस्था ल्याएको भएपनि करीव ४ महिनापछि आजबाट लागू गर्न लागिएको हो ।

यसअघि अन्तरवैंक ब्याजदर ३ प्रतिशत भन्दा कम भएकोले यस्तो व्यवस्था लागू गर्न उपयुक्त नभएको बताएको राष्ट्रबैकले अहिले करिडोरका लागि बजारको अवस्था सहि भएको बताएको छ । ब्याजदरमा स्थिरता ल्याउने उदेश्यले राष्ट्रबैकले व्याजदर करिडोर सम्वन्धि व्यवस्था ल्याएको हो ।

यो व्यवस्था लागू भएपछि तरलताको स्थिति र अन्तर बैक व्याजदर गरी दुइ मापदण्ड मार्फत ब्याजदरलाई वाञ्छित सिमामा राख्ने राष्ट्र बैकले जानकारी दिएको छ ।

Top