भैँंसी’ बारे अन्तर्राष्टिय संगोष्ठी आदेखि सौराहामा

काठमाडौं, २९ कार्तिक – ‘भैँंसी’बारे अन्तर्राष्ट्रिय संगोष्ठी आजदेखि चितवनको सौराहामा हुदैँ छ । भैँंसीपालन यसको व्यावसायिक उत्पादनको क्षेत्रमा कार्य गरिरहेका विभिन्न देशका वैज्ञानिकहरुको सहभागितामा संगोष्ठी हुन लागेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवं नेपाल सरकार, पशुपछी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र मिचिगन स्टेट युनिभर्सिटी अमेरिकाको सहआयोजनामा सम्मेलन हुनलागेको हो ।

‘खाद्य एवं आर्थिक वृद्धिका लागि भैंँसी उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ हुन लागेकोे सम्मेलनमा नेपालसहित ११ देशका वैज्ञानिक सहभागी हुने छन् । उनीहरुले भैंँसीको व्यावसायिक उत्पादनबारे विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको यस किसिमको वैज्ञानिक सम्मेलनले भैँंसी उत्पादनका क्षेत्रमा अपनाइआएका प्रविधि र पछिल्लो खोजबारे जानकारीे सम्प्रेषण गर्ने छ ।

विश्वका ४२ देशमा भैँंसीपालन हुँदै आएको छ । सम्मेलन चार दिनसम्म सञ्चालन हुनेछ ।

Top