प्रधानमन्त्री देउवा पश्चिमको चुनावी अभियानमा !

काठमाडौं, २९ कार्तिक – चुनावी अभियानका क्रममा पश्चिम नेपालमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज कैलाली पुग्दै हुनुहुन्छ । उहाँले आज कैलालीमा पार्टीका उम्मेदवार तथा नेता-कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको उहाँका स्वकीय सचिव भानु देउजाले जानकारी दिनुभयो ।

साथै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमाञ्चल क्षेत्रका प्रशासक र सुरक्षा निकायका प्रमुखसँग शान्ति, सुरक्षाका बारेमा छलफल गर्नुहुने छ । भोलि उहाँ गृह जिल्ला डडेलधुरा पुग्नुहुनेछ । मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ भने मंसिर २ गते बझाङ र बाजुराका आमसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको स्वकीय सचिव देउजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री देउवाले ती जिल्लामा शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीसँग जानकारी समेत लिनुहुनेछ ।

 

Top