पूर्वको ‘कर्णाली’ मा पूर्वाधार विकास साझा मुद्दा

भोजपुर, २९ कार्तिक – पूर्वको ‘कर्णाली’ भनेर चिनिने यो जिल्लामा विकासको मुद्दाले पहिलो प्राथमिकता पाएको छ । पहिलो चरणको निर्वाचनमा विकासका नारा लिएर कांग्रेस, माओवादीेका उम्मेदवारले मुख्य गरी सदरमुकाम जोड्ने सडक कालोपत्रे प्रतिबद्धता व्यक्त गरेका छन् ।

लेगुवा–भोजपुर ५४ किलोमिटर सडक कच्ची भएकाले वर्षभरि गाडी चल्न मुस्किल हुन्छ । त्यसकारण सडक कालोपत्रेको मुद्दा मुख्य गरी उठेको हो । यसमा मतदाता र उम्मेदवारको मुख्य चासो छ । आजको कान्तिपुरमा खबर छ ।

Top