निमित्तका भरमा हुम्लाका पाँच गाँउपालिका

राजन रावत
सिमकोट, २९ कार्तिक– हिमाली जिल्ला हुुम्लाका ७ वटा गाँउ पालिका मध्य ५ वटा गाँउ पालिकाहरु निमित्तका भरमा रहेका छन । केन्द्रवाट खटिएका गाँउ पालिकाका कार्यकारी अधिकृत जिल्लामा नआए पछि हाल ती गाँउ पालिका निमित्तका भरमा संचालन भै रहेका छन ।

हुम्ला जिल्लाका पाँच वटा नाम्खा, सर्केगार्ड, चंखेली, अदानचुुली र ताँजाकोट गाँउ पालिकामा नासुु र खरिदार स्तरका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइएको जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी लोक वहादुुर सुुनारले वताउनुु भयो । केन्द्रले खटाएका पाँच जना कार्यकारी अधिृृत जिल्ला मै नआएर अन्यत्र सरुवा भए पछि निमित्तको भरमा गाँउपालिका संचालन भै रहेको उहाँले वताउनुु भयो ।

जसमा ताँजाकोटमा खरिदारलाई निमित्तलाई आर्थिक अधिकार दिइएको छ भने नाम्खा, सर्केगार्ड, चंखेली र अदानचुलीमा यस अघि साविकका नासुु स्तरका गाविस सचिवलाई निमित्तको जिम्मेवारी दिइएको अधिकारी सुुनारले वताउनुु भयो । यसले गर्दा अहिले ती निमित्त कार्यकारी अधिकृृतलाई निसर्त र ससर्त अनुदानको वारेमा पनि जानकारी नभएकोले पालिकाको कार्यक्रम संचालन गर्न द्धिवीधा सृृजना भएको देखिएको छ ।

सवै विषगत कार्यालयको वजेट यो आर्थिक वर्षवाट पालिकामा गएकोले शिक्षा र स्वास्थ्य वाहेक कृृषि, पशुु, महिला विकास लगाएतका कार्यालयको वजेटका वारेमा निमित्त कार्यकारी भएका गाँउपालिकालाई जानकारी नभएको ले पनि आर्थिक वर्ष सम्पन्न भएको चार महिनासम्म पनि कुुनै गतिविधि अगाडी नवढेको पाईएको छ ।
हुम्ला

Top