डेनमार्क आगामी विश्वकप फुटबलमा छनौट

एजेन्सी, २९ कार्तिक – रिपब्लिक अफ आयरल्याण्डलाई हराउँदै डेनमार्क अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ ।

युरोपेली समुहको अन्तिम प्ले अफ् खेलमा गएराति रिपब्लिक अफ आयरल्याण्डलाई ५–१ ले पराजित गर्दै डेनमार्क विश्वकपका लागि छनोट भएको हो । गएरातिको खेलसँगै विश्वकप फुटबलका लागि युरोपबाट छानिने सबै १४ टोलीको टुंगो लागेको छ ।

विश्वकपमा सहभागि ३२ मध्ये अहिलेसम्म ३० टोलीको छनोट भइसकेको छ । अब दुई वटा अन्तरमहादेशीय प्ले अफ् खेलहरु बाँकी छन् । पेरु र न्यूजिल्याण्ड तथा होण्डुरस र अष्ट्रेलियाबीचका दुई विजेता राष्ट्रले रुसको टिकट काट्नेछन् ।

Top