गौचन हत्या प्रकरणः मुख्य योजनाकार कहाँ होलान् ?

काठमाडौं, २९ कार्तिक – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका मुख्य सुटरसहित ५ जनालाई प्रहरीले ३७ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको छ ।

असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानेका थिए ।

आपराधिक समूहले सबै निर्माण व्यवसायीबाट फिरौती रकम उठाएर आफूलाई बुझाउन दिएको धम्कीयुक्त आदेश नमानेपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले निष्कर्ष निकालेको छ । आजको कान्तिपुरमा खबर छ ।

Top