अफ्रिकी मुलुक जिम्बाबेमा राजनीतिक संकट चुलियो

एजेन्सी, २९ कार्तिक-– अफ्रिकी मुलुक जिम्बाबेमा राजनीतिक संकट चुलिएको छ । सरकारी सेनाले राष्ट्रिय सञ्चारमाध्यमलाई नियन्त्रणमा लिएपछि संकट उत्कर्षमा पुगेको हो ।

सरकारी रेडियो जेठबिसीको मुख्यालय सेनाले नियन्त्रणमा लिएको छ । सोही क्रममा राजधानी हरारेमा बिस्फोट समेत भएको छ । यद्यपी त्यसको यकिन कारण भने खुलेको छैन ।  राष्ट्रपति रोबर्ट मुगाबेले उप राष्ट्रपतिलाई पदबाट बर्खास्त गरेपछि त्यहाँका प्रधानसेनापतिले सत्तारुढ दलभित्र शुद्धता कायम राख्न कदम चाल्ने बताएका थिए ।

हिजोदेखि राजधानीका मुख्य चोक तथा सडकमा सेना तथा हतियारसहितका सवारी साधन तैनाथ गरिएपछि तनाव थप बढेको बीबीसीले उल्लेख गरेको छ ।

Top