हुम्लामा ७ सय बढि सुरक्षाकर्मी थपिदै

राजन रावत
कार्तिक, २८ हुम्ला । आगामी प्रदेशसभा र प्रतिनिधि सभाको निर्बाचनका लागि हुम्लामा ७ सय ३० जना सुरक्षाकर्मी थपिने भएको छ । ९२ जना जनपथ, १३२ शसस्त्र र २२० जना नेपाली सेना र ३८३ म्यादी थप गरीने भएको हो ।
जिल्लाका कुल ५२ मतदान केन्द्रका लागि थप सुरक्षा कर्मी थप्न लागिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एंवम् निमित्त प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले जानकारी दिनुभयो ।

हुम्लामा पहिलो चरण अन्तरगत मंसिर १० गते निर्बाचन हुदैछ ।

Top