हरेक स्थानीय तहमा कम्तिमा पाँच सय किलोवाट विद्युत पुर्याउने सरकारको लक्ष्य

काठमाण्डाैं, २८ कार्तिक ।  अवको पाँच वर्षमा सात सय ५३ वटै स्थानीय तहमा कम्तिमा पाँच सय किलोवाट विद्युत उत्पादन गर्ने सरकारले लक्ष्य लिएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले एक मेगावाटसम्मका योजना कार्यान्वयनमा ल्याउने लक्ष्य राखेका जानकारी दिनु भयो । अध्ययनका लागि आयोगले नै खर्च गरिरहेको छ ।

विद्युत प्राधिकरणको इन्जिनियरिङ कम्पनीले पहिलो चरणको अध्ययन प्रतिवेदन बुझाइसकेको छ ।

अन्तिम प्रतिवेदन बुझाउने समय ४ महिना दिइएको छ । उक्त कम्पनीसँग असोज पहिलो साता सम्झौता भएको थियो । लघु जलविद्युत, सौर्य ऊर्जा, वायु र बायोग्यासका स्रोतहरु उपयोग गरिने आयोगले जनाएको छ ।

उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोड्न कम्तिमा सात हजार किलोमिटर प्रसारण लाइन विस्तार गर्नुपर्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

Top