हराए जातीय र क्षेत्रीय मुद्दा

काठमाडौं, २८ कार्तिक – कास्कीमा जातीय पहिचानको मुद्दा उठाउने उम्मेदवारको बाक्लो प्रचार थियो, २०७० सालको चुनावताका ।

चोक र सडकमा अन्य दलको भन्दा जातीय, क्षेत्रीय मुद्दा उठाउने दलका पोस्टर, ब्यानर र माइकिङ बढी देखिन्थे । ‘तमुवान’ र ‘अखण्ड पश्चिम’ भन्ने दुई छुट्टाछुट्टै नारासहित आन्दोलन चर्किएको मुख्य केन्द्र कास्कीको दृश्य यो चुनावमा भने बदलिएको छ ।

यसपालि जातीय, क्षेत्रीय मुद्दा उठाउनेहरू मत्थर देखिएका छन् । कांग्रेस र वाम गठबन्धनमै उनीहरूको विलय भएको छ । ‘स्थानीय तह र यो निर्वाचनमा जातीय सवाल ओझेलमा परेको छ ।

त्यसैले जातीय मतको प्रभाव यो निर्वाचनमा पर्लाजस्तो मलाई लाग्दैन,’ पृथ्वी नारायण क्याम्पसकी उपप्राध्यापक शान्ताकुमारी खत्रीले भनिन्, ‘सबै क्षेत्र र वर्गका मतदाता आफ्नै मोर्चामा बाँधिइरहेका छन् । संगठित भइसकेका छन् ।’ आजको कान्तिपुरमा खबर छ ।

Top