सुर्खेतमा २ लाख ४ हजार ५७७ जना मतदाताले आफ्नो मताधीकारको प्रयोग गर्न पाउने

त्रिप्ती शाही
सुर्खेत, कात्तिक २८ । आगामी मंसीर ११ र २१ गते हुन गइरहेको प्रदेश र प्रतिनीधी सभा निर्वाचनमा सुर्खेतमा २ लाख ४ हजार ५७७ जना मतदाताले आफ्नो मताधीकारको प्रयोग गर्न पाउने निर्वाचन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

२ निर्वाचन क्षेत्र रहेको जिल्लामा २ सय ६३ मतदान केन्द्र रहेका छन् भने १३८ मतदानस्थल रहेका छन् । मतदातालाइ मतदान गर्ने तरिकाबारे जानकारी गराउनु १३८ मतदानस्थलमा १३८ वटै मतदाता शिक्षा कार्यक्रता परीचालन गरीसकीएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकारी सुनीता थापाले बताउनुभयो ।

गत भदौ ५ गते सम्म १८ वर्ष पुरा भई मतदाता नामावलीमा नाम दर्ता भएका नागरीकले प्रतीनीधी र प्रदेशसभा चुनावमा मतदान गर्न पाउने बताउदै निर्वाचन अधिकारी थापाले मतदाताले ३ पटक भोट हाल्नुपर्ने जानकारी दिनुभयो ।

उहाले ३ वटा मत पत्रमा गोप्य छाप लगाई ३ वटै मतपेटीकामा मतदान गर्नुपर्ने बताउनुभयो । उहाले प्रतिनीधी सभामा प्रत्यक्ष तर्फका उम्मेद्धारलाई हरीयो रङको मतपत्रमा र प्रदेश सभामा प्रत्यक्ष तर्फका उम्मेद्धारलाई कालो रङको मतपत्रमा छाप लगाइ मतदान गनुपर्ने जानकारी गराउनुभयो ।

यस्तै निर्वाचन अधिकारी थापाले समानुपातीक उम्मेद्धारलाई मतदान गर्दा हरीयो र कालो बाहेकको रातो वा अन्य जुनसुकै रङको मतपत्र पनि हुनसक्ने भएकोले मतपत्रको माथील्लो भागमा प्रतिनीधी सभाका उम्मेद्धार र तल्लो भागमा प्रदेशसभाका उम्मेद्धारलाई मतदान गर्नुपर्ने बताउनुभयो ।

निर्वाचनमा संञ्चारकर्मीको भुमीका विषयक आज विरेन्द्रनगरमा भएको एक अन्र्तरक्रिया कार्यक्रममा निर्वाचन अधिकारी सुनिता थापाले यो जिल्लामा निर्वाचनको लगभग ९५ प्रतिशत तयारी पुरा भएको पनी बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले निर्वाचनलाई स्वस्छ,मर्यादीत र सफल बनाउनमा पत्रकारहरुको भुमिका महव्वपूर्ण भएकोले सबै पत्रकारले निश्पक्ष रुपमा निर्वाचन गराउन सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

साथै भारतीले सम्पूर्ण संञ्चारमाध्यमहरुले पनी निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो ।

Top