सुरक्षा चुनौती बढ्याे, सतर्क रहनुस्ः आयोग

काठमाण्डाैं, २८ कार्तिक ।  प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले सुरक्षा चुनौती बढेको बताउनु भएको छ ।

काभ्रेको धुलिखेलमा दृष्टिविहीन नागरिकसँग भएको अन्तक्रियामा प्रमुख आयुक्त यादवले आज उमेदवारहरुलाई मात्र नभई मतदाताहरुमा समेत सुरक्षा चुनौती बढेको भन्दै सचेत र सुरक्षित हुन आग्रह गर्नु भएको हो ।

सुरक्षा निकायको मात्रै भर नपरी मतदाता आफै पनि सुरक्षित र सचेत रहन प्रमुख आयुक्त यादवले आग्रह गर्नु भयो । उहाँले राष्ट्रसेवक कर्मचारीले पार्टीको झण्डा र प्रचारमा हिड्नु लाज्जास्पद भएको बताउनु भयो ।

कार्यक्रममा नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलले सरकार जिम्मेवार नबन्दा फरक क्षमता भएका व्यक्तिहरुका लागि निर्वाचन आयोगले निर्वाचनमा सहभागि गराउन र निर्वाचन शिक्षाका लागि आवश्यक प्रविधि भित्र्याउन नसकेको टिप्पणी गर्नु भयो ।

Top