शरद गौचनको हत्यामा संलग्न पाँचजना पक्राउ

काठमाण्डाैं, २८ कार्तिक । प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सरदकुमार गौचनको हत्यामा संलग्न ५ जना अभियुक्तहरुलाई मंगलबार सार्वजनिक गरेको छ ।

अध्यक्ष गौचनको हत्या भएको ३५ दिनपछि गोली हान्ने नुवाकोटका राजीव स्याङतान, हतियार व्यवस्थापन गर्ने पर्साका शिवजी महतो, भारत विहारकमा मुकेशकुमार पाँण्डे, मोटरसाईकल व्यवस्थापन गर्ने पर्सा ठोरीका सन्तोष गुरुङ र सहयोगी काठमाडौंका प्रकाश बुढाथोकीलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेतसहित मनोज पुन, गंगा लिङदेन, लोपसाङ लामा, श्यामबहादुर गुम्बे, रोशन बुढाथोकी, अजय थापा र अमरबहादुर लामा अझै फरार रहेका छन ।

बुढाथोकीले घटना सम्पन्न गराउन भूमिका खेलेको पनि प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । घटनालगत्तै गठन गरिएको प्रहरी नायव महानिरीक्षक गणेश केसी नेतृत्वको विशेष टोलीले गौचन हत्यामा संलग्न ५ जना अभियुक्तहरुलाई नियन्त्रणमा लिएको प्रहरी अतिरिक्त महाननिरीक्षक जयबहादुर चन्दले जानकारी दिनु भयो । हत्यामा संलग्न मोटरसाइकल र गोली समेत भारतबाट चोरी गरी ल्याएको पनि प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

यसैबीच, पक्राउ परेकाहरुलाई संगठित अपराध अन्तरगत अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ६० दिनको म्याद दिएको छ ।

पक्राउ परेका अभियुक्तहरुलाई हाल महानगरीय नगर प्रहरी कार्यालय प्रर्दशनीमार्गमा राखिएको छ । असोज २३ गते दिउँसै नयाँ बानेश्वरस्थित खरीबोटमा अध्यक्ष गौचनको गोली हानि हत्या गरिएको थियो । त

Top