लोकतान्त्रिक भन्दा कम्युनिष्ट गठबन्धन बलियो

यम चौलागाँई ।
सिन्धुली, २८ कार्तिक – सिन्धुलीमा स्थानिय तहका मतको आधारमा लोकतान्त्रिक गठबन्धनको नेपाली कांग्रेस भन्दा कम्युनिष्ट गठबन्धन अगाडी देखिएको छ ।

स्थानीय तहको चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्राप्त गरेको मतलाई जोड्दा लोकतान्त्रिक गठबन्धनको कांग्रेस भन्दा बाम गठबन्धन २३ हजार ४ सय ८३ मतले अगाडी देखिएको हो । दुई नगरपालिका र ७ गाऊपालिका सहित कुल ९ वटा स्थानीय तह रहेको सिन्धुलीमा कम्युनिष्ट गठबन्धनमा आबद्ध दल एमालले ३ र माओवादी केन्द्रले ३ वटा स्थानीय तह गरि कुल ६ वटा स्थानिय तह जितेको छ ।

सिन्धुलीका बाँकी ३ स्थानीय तहमा नेपाली कांग्रेसले जितेको छ । कम्युनिष्ट गठबन्धनले स्थानिय चुनावको मतलाई आधार मान्दै आगामी मंसिर २१ गते हुने प्रदेसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पनि आफ्नो जित सुश्चित भएको बताउदै आएको छ ।

यता नेपाली कांग्रेसले स्थानिय तहमा जनु जुन पार्टीले जिते पनि आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा आफ्नो जित निश्चित हुने बताउदै आएको छ । कांगे्रेसले स्थानिय तहमा कमजोर देखिएको स्थानिय तहलाई प्राथमिकतामा राख्दै चुनाव प्रचार प्रसारलाई प्रभावकारी बनाएको कांगे्रस सिन्धुलीका सभापति उज्ज्वल प्रसाद बरालले जानकारी दिनुुभयो ।

Top