रोहिंग्या मुस्लीम समुदायको संकटमा आफू दोषी नभएको म्यानमार सेनाको दाबी

एजेन्सी, २८ कार्तिक ।  म्यानमार सेनाले रोहिंग्या संकटमा आफू दोषी नरहेको भन्दै सबै आरोपहरुको खण्डन गरेको   छ ।

आन्तरिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै म्यानमार सेनाले रोहिंग्या मुस्लिम समुदायका सर्वसाधारको हत्या, बलात्कार, घर आगजनी तथा लुटपाटमा संलग्न रहेको भन्ने आरोपको खण्डन गरेको हो ।

सेनाले रोहिंग्याका हजारौं सर्वसाधारणसँग गरिएको सोधपुछलाई आधार मानेर सो प्रतिवेदन तयार पारेको बताएको छ । सोही समुदायका अतिवादी लडाकुले त्रास फैलाएर रोहिंग्यलाई देश छोड्न बाध्य पारेको सेनाको आरोप छ ।

यता, मानवअधिकारवादी संगठन एम्नेष्टि इन्टरनेशनलले भने सेनाको सो प्रतिवेदन आफ्नो कालो कामलाई ढाक्ने प्रयास मात्रै भएको आरोप लगाएको छ ।

Top