प्रधानमन्त्री देउवा पश्चिम नेपालको चुनावी अभियानमा

काठमाडौं, २८ कार्तिक – काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि पश्चिम नेपालको चुनावी अभियानमा सहभागी हुनुहुने भएको छ ।  काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणका अनुसार आज प्रधानमन्त्री देउवा नेपालगन्ज प्रस्थान गर्नलाग्नु भएको हो ।

चुनावी सभामा सहभागि हुनुअघि उहाँले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखसँग शान्ति सुरक्षाका विषयमा छलफल गर्नुहुनेछ ।  प्रधानमन्त्री देउवा भोलि कैलालीको धनगढी पुग्ने कार्यक्रम छ, भोलि नै उहाँले पार्टीका उम्मेदवार तथा नेता र कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

सोहिदिन प्रधानमन्त्री देउवाले सुदूरपश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखसँग शान्ति, सुरक्षाका बारेमा छलफल गर्नुहुने छ । कात्तिक ३० गते प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा पुग्नुहुनेछ । डडेल्धुरापछि उहाँले सुदुरपश्चिमका विभिन्न जिल्लामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभएको छ ।

प्रचार प्रसारले तीव्रता पायो
पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मतदानका लागि १२ दिनमात्र वाँकी रहदा दलहरुले प्रचार प्रसारलाई तीव्रता दिएका छन । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा नेपाली कांग्रेस, कम्यूनिष्ट गठवन्धन, राप्रपा, राप्रपा प्रजातान्त्रिक लगाएतका दलहरुले चुनाव प्रचार अभियान तीव्र वनाएको हाम्रा सहकर्मिहरुले जनाएका छन ।

सतारुढ दल नेपाली कांग्रेसले शीर्ष नेताहरुलाई चुनावी आमसभाका लागि खटाएको छभने मतदाताको घरदैलोसम्म पुग्ने जिम्मेवारी उम्मेदवारहरुलाई तोकेको केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक वालकृष्ण खाडले जानकारी दिनुभएको छ । यता एमाले माओवादी केन्द्र सम्मिलित कम्यूनिष्ट गठवन्धनले पनि प्रचार अभियानलाई तीव्र वनाएको छ ।

गठवन्धनमा सम्वद्ध नेताहरुले संयुक्त रुपमा चुनावी कार्यक्रम अघि वढाएका छन । त्यस्तै राप्रपाले देशभरका सवै जिल्लामा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रमलाई जारी राखेको छ ।  त्यसैगरी राप्रपा प्रजातान्त्रिक लगाएतका अन्य दलहरुले समेत चुनावी अभियान तीव्र वनाएका छन ।

यता पहिले पहिले चुनावमा चोकचोकमो, सार्वजनिक स्थलका भित्ताहरु पर्चा पम्प्लेट र चुनावी नाराले रंगाउने राजनैतिक दलहरुले चुनावी प्रचारका लागि सामाजिक संजालको समेत भरपुर प्रयोग गरिरहेका छन ।

Top