निषेधित प्रचार सामग्रीको माग अत्यधिक

काठमाडौं, २८ कार्तिक – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पोस्टर, ब्यानर, तुल, झन्डा, ब्याच, क्याप, टी–सर्टलगायत विभिन्न प्रचार सामग्रीमा आचारसंहिताअनुरूप नीति बनाएरै मार्गनिर्देश गरे पनि त्यस्ता सामग्रीको उत्पादनको बजार भने ह्वात्तै बढेको छ ।

सहरका भित्ता, खम्बा, सामाजिक सञ्जाल लगायतमा विभिन्न राजनीतिक दलका पोस्टर, ब्यानर, तुल, झन्डा लगायतका प्रचार सामग्री जताततै देख्न पाइन्छ । यस्ता प्रचार सामग्रीको व्यापारसँग जोडिएका व्यापारीसमेत चुनावको मिति नजिकिएसँगै झन्डा, ब्यानर लगायतका चुनाव प्रचार सामग्रीको माग अत्यधिक बढेको बताउँछन् ।

निर्वाचन आयोगले यस्ता प्रचार सामग्रीको प्रयोगलाई निर्वाचन आचारसंहिता उल्लङ्घनअन्तर्गत मार्गनिर्देश गरे पनि सोको प्रयोग किन आचारसंहिताअनुरूप हुन सकेनन् भन्ने जिज्ञासामा निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले पोस्टर, ब्यानर, तुल लगायतको प्रयोग गरेका राजनीतिक दल र उम्मेदवारलाई आयोगले नियमानुसार कारबाही गरिरहेको बताउनुभयो ।आजको गोरखापत्रमा खबर छ ।

Top