आयोगमा आचारसंहिता उल्लङ्घनका उजुरीको चाङ

काठमाडौं, २८ कार्तिक – निर्वाचन आयोगमा आचारसंहिता उल्लङ्घनका उजुरीको चाङ लागेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति नजिकदै गर्दा मतदातालाई आ-आफ्नो पक्षमा पार्न आचारसंहिता विपतिका कार्य गरेको भन्दै उम्मेदवार र दलविरुद्ध आयोगमा उजुरी दर्ता भएको हो ।

निर्वाचन आयोगमा झण्डै २ हजारको सङख्यामा आचार संहिता उल्लङ्घनको उजुरी दर्ता भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उहाँले आयोगले ती उजुरीका विषयमा कारवाही प्रक्रिया अगाडी पठाएको बताउनुभयो । सबैभन्दा धेरै उम्मेदवारले गरेको खर्च, यातायातका साधान, पोष्टर टासेको, गर्न नहुने ठाउँमा कार्यक्रम गरेको जस्ता विषयमा परको छ । परेका उजुरीमा पहिलो चरणको कारवाही प्रक्रिया अघि बढेको प्रवक्ता ढकालले बताउनुभयो ।

निर्वाचन आयोगले निर्वाचनमा क्रममा हुने मानव अधिकार उल्लंघनका घटनाका विषयमा आज मानव अधिकार आयोगका पदाधिकारीसँग छलफल गर्दैछ । आयोगले गरिरहेको अनुगमनका आधारमा छलफल हुने निर्वाचन आयोगले जनाएको छ ।

 

Top