चुनावी दौडाहामा शीर्ष नेताः प्रचार-प्रसारले तीव्रता पायो !

काठमाडौं, २८ कार्तिक – पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मतदानका लागि १२ दिनमात्र वाँकी रहदा दलहरुले प्रचार प्रसारलाई तीव्रता दिएका छन । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा नेपाली कांग्रेस, कम्यूनिष्ट गठवन्धन, राप्रपा, राप्रपा प्रजातान्त्रिक लगाएतका दलहरुले चुनाव प्रचार अभियान तीव्र वनाएको हाम्रा सहकर्मिहरुले जनाएका छन ।

सतारुढ दल नेपाली कांग्रेसले शीर्ष नेताहरुलाई चुनावी आमसभाका लागि खटाएको छभने मतदाताको घरदैलोसम्म पुग्ने जिम्मेवारी उम्मेदवारहरुलाई तोकेको केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक वालकृष्ण खाडले जानकारी दिनुभएको छ । यता एमाले माओवादी केन्द्र सम्मिलित कम्यूनिष्ट गठवन्धनले पनि प्रचार अभियानलाई तीव्र वनाएको छ ।

गठवन्धनमा सम्वद्ध नेताहरुले संयुक्त रुपमा चुनावी कार्यक्रम अघि वढाएका छन । त्यस्तै राप्रपाले देशभरका सवै जिल्लामा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रमलाई जारी राखेको छ । त्यसैगरी राप्रपा प्रजातान्त्रिक लगाएतका अन्य दलहरुले समेत चुनावी अभियान तीव्र वनाएका छन ।

यता पहिले पहिले चुनावमा चोकचोकमो, सार्वजनिक स्थलका भित्ताहरु पर्चा पम्प्लेट र चुनावी नाराले रंगाउने राजनैतिक दलहरुले चुनावी प्रचारका लागि सामाजिक संजालको समेत भरपुर प्रयोग गरिरहेका छन ।

चुनावको मिति नजिकिदै जादा भाषण र र्यालीका फोटो तथा भिडियो अहिले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालका भित्तामा प्रशस्त देख्न पाइन्छ । पछिल्ला निर्वाचनमा निर्वाचन आयोगले सार्वजनिक स्थानमा पर्चा पम्प्लेट टाँस्न तथा सार्वजनिक स्थानमा पार्टीका झण्डासमेत राख्न निषेध गरेपछि त्यस्ता सामाग्रीहरु सामाजिक संजालमा अपलोड गर्नेक्रम वढ्दै गएको छ ।

यता पहिलो चरणमा निर्वाचन हुने सवै जिल्लाहरुमा निर्वाचन सामाग्री पुगिसकेको निर्वाचन आयोगले जनाएको छ ।

Top