आज विश्व मधुमेह दिवसः विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं, २८ कार्तिक – आज विश्व मधूमेह दिवस, हरेक वर्षको नोभेम्वर १४ लाई विश्वभर विश्व मधूमेह दिवसकारुपमा मनाईने गरिन्छ । यस वर्ष महिला र मधुमेह हाम्रो स्वस्थ भविष्यको अधिकार भन्ने नाराका साथ मनाँइदै छ ।

संसारभरिका १६० भन्दा वढी देशहरु, लाखौँ सस्थाँहरु, संयूक्त राष्ट्रसँघ सदस्यहरु, स्वास्थ्कर्मी अनि सेवाग्राहीहरुले मधूमेह दिवसलाई मधूमेहको विषयमा चेतना दिने हेतुले मनाउने गर्दछन । बिश्व स्वास्थ संगठनका अनुसार बिश्व भरिका १० मध्य १ महिला मधुमेह को शिकार हुने गर्दछन् भनें हरेक ७ नवजात शिशुमध्य १ ग्यास्टेशनल डायबेटिज का साथ जन्मने गर्दछन ।

नेपालमा भने शुरुशुरुमा मधुमेह अर्थात चिनीरोगलाई धनीहरुको रोगका रुपमा लिइन्थ्यो, थोरै शारीरीक व्यायाम अनि सम्भ्रान्त जीवनशैलीका कारण यसो भनिएको हुन सक्छ । तर विस्तारै डायवेटिज अब हरेक उमेर, हैसियत र अवस्थाका मान्छेहरुमा देखापर्न थालेको छ ।

शरीरको रगतमा सुगरको मात्रा धेरै गराउने मेटाबोलिक रोगहरुलाई डायवेटिज अर्थात मधूमेह भनिन्छ । सही खानपान, रहनसहन, सकारात्मक सोंच, नियमित शारीरीक व्यायामले समयमै मधूमेहलाई नियन्त्रण गर्न सकिने चिकित्सकहरुले वताएका छन ।

Top