एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द

काठमाडौं, २८ कार्तिक – सरकारले आजदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्दै छ । सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रुपमान्तरण नगर्ने सेवाप्रदायकलाई अनुगमन गरी आजदेखि बन्द गराउन लागेको हो ।

गाउँपालिकामा भने आउँदो वैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ । सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि अपग्रेडमा ध्यान दिन पनि आग्रह गरेको छ । डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि अपग्रेड नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी सेवा बन्द गराइने सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताउनुभयो ।

केवल टेलिभिजनहरुलाई महासंघमा आवद्ध टेलिभिजनहरुलाई पनि आजदेखि नै एनालग बन्द हुने मन्त्रालयले जनाएको छ ।

Top