हुम्लामा मतपत्र रुजु गर्ने कार्य तिव्र

राजन रावत
सिमकोट, २७ कार्तिक– यतिखेर खेर मुख्य निर्वाचन अधिकृतको कार्यालय आगामी मंसीर १० गते हुन गैरहेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य पदका लागि जिल्लामा प्राप्त मतपत्र रुजुु गर्ने कार्य तिव्र रुपमा भैरहेको छ ।

जिल्लामा प्राप्त कुुल ३० हजार ४ सय मतपत्रमा २४ हजार मतपत्रको रुजुु गर्ने कार्य सम्पन्न भएको मुुख्य निर्वाचन अधिकृतको कार्यालयका कम्प्युुटर अप्रेटर एवं सुचना अधिकारी राज वहादुुर शाहीले वताउनुु भयो ।

जिल्लाका सात वटा मध्य ६ वटा नाम्खा, खार्पुुनाथ, सर्केगार्ड, चंखेली, अदानचुुली र ताँजाकोट गाँउ पालिकाको मतपत्र रुजुु गरेर प्याकिङ गर्ने कार्य सम्पन्न भएको अधिकारी शाहीले वताउनुु भयो । अव सिमकोट गाँउ पालिकाको मतदान केन्द्रका लागि मतपत्र रुजुु गर्ने कार्य वाँकी रहेको सुुचना अधिकारी शाहीले वताउनुु भयो ।

यस अघि समानुुपातिकतर्फका मतपत्र रुजुु गरेर प्याकिङ्ग गर्ने कार्य मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरि सकेको छ भने सो कार्यालय यतिखेर निर्वाचनमा खटाउने कर्मचारीको खटन पटनका लागि व्यस्त रहेको मुुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

यसै विच जिल्लाका ५२ वटै मतदान केन्द्रमा निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम सेवक मतदान स्थलतर्फ लागेको जिल्ला निर्वाचन अधिकारी प्रदिप सिंह धामीले वताउनुु भयो । ती कार्यकर्ताहरुलाई सवै प्रकारका सामाग्री दिएर दिएर पठाएको उहाँले वताउनुु भयो ।

हुम्ला

Top