संघियताको विरोधमै छौः पूर्व उपप्रधानमन्त्री केसी

माधव बेल्वासे
कपिलवस्तु, २७ कात्तिक–राष्ट्रिय जनमोर्चा अहिले पनि संघियताको विरोधमा रहको पुर्व उपप्रधानमन्त्री चित्रवहादुर केसीले बताउनु भएको छ । कपिलवस्तुको चन्द्रौटामा भएको चुनावी सभालाई सम्वोधन गर्दै केसीले अहिले नेपाल चुनावमय भएकोले यसलार्इ सफल पार्ने सवै नेपालीले लाग्नुपर्ने धारण राख्नुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहनुभएका केसीले जवसम्म देशका जनताले पार्टीको नीतिलार्इ हेरेर मतदान गर्ने अबस्था आउदैन तब सम्म सहि नेतृत्वले चुनाव जित्न नसक्ने नेता केसीले दावी गर्नुभयो । राष्ट्रियताको रक्षा गर्न गणतन्त्रलाई सस्थागत गर्न र समृद्ध नेपाल निर्माण गर्न राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाइ जिताउन अपिल गर्नुभयो । वाम गठवन्धनको सन्दर्भमा वोल्दै नेता केसीले केहि ठाउमा मात्र तालमेल भएको वताउनुभयो । युवा नेता सुरेस थापाले राष्ट्रिय जनमोर्चाका नेताहरुलाइ जनताले दिएको मत खेर नजाने जिकिर गर्नु भयो । थापाले भन्नुभयो“अरु पार्टीहरु र राष्ट्रिय जनमोर्चा चुनावमा जानु धेरै नै फरक छ चुनाव साध्य होइन साधन हो ।”

कार्यक्रममा जनगायक जीवन शर्माले जनवादी गित प्रस्तुत गर्नु भयको थियो। कार्यक्रममा कपिलवस्तु जिल्लाका प्रतिनिधि सभा सदस्यहरु , प्रदेश सभा सदस्यहरुका साथै ,ने.क.पा. मसालका जिल्ला प्रवक्ता छविलाल गैरे ,अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल ,लगायतको उपस्थिति रहेको थियो । जनसभा राम प्रसाद बेल्बासेको सन्चालन जिल्ला सदस्य केअर सिंह अदैको स्वागत र अध्यक्ष ददिराम आचार्यको अध्यक्षतामा जनसभा सम्पन्न भयको थियो

Top