शिक्षा ऐन नवौं संशोधनको बिरोधमा रिले अनसन

काठमाडौं – शिक्षा ऐन नवौं संशोधन खारेजीको माग गर्दै बिद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन् । भक्तपुरको सानोठिमीमा रहेको शिक्षक सेवा आयोगमा हिजो बेलुकाबाट बिद्यार्थी संघर्ष समितिले रिले अनसन सुरु गरेका हो ।

सरकारले अस्थायी शिक्षकहरुको माग पुरा गर्ने भन्दै आन्तरिक तर्फ ७५ प्रतिशत र खुलातर्फ २५ प्रतिशतशिक्षककालागि विज्ञापान आह्वान गरेको छ । त्यसकै बिरोधमा रिले अनसन सुरु गरिएको बिद्यार्थी संघर्ष समितिका प्रेस संयोजक दिंगज धौरालीले जानकारी दिनुभयो ।

सरकारले शिक्षा ऐनको नवौं संशोधन ल्याएपछि संघर्ष समितिले यहीकात्र्तिक १७ गतेदेखि चरणबद्ध आन्दोलनगर्दै आईरहेको छ ।

Top