मानव अधिकार शिक्षा सम्वन्धि सुुरक्षाकर्मीलार्इ प्रशिक्षण

राजन रावत
सिमकोट, २७ कार्तिक– जिल्लामा पहिलो पटक विर्नाचनको मुखैमा सुुरक्षाकर्मीलाई मानव अधिकार शिक्षा सम्वन्धि तालिम प्रदान गरिएको छ । मानव अधिकार वारे सुुरक्षाकर्मी र सरकारवाला निकायलाई जानकारी गराउने उदेश्यले तालिम प्रदान गरिएको हो ।

सवैका लागि मानव अधिकार सधैका लागि मानव अधिकार भन्ने मुुख्य नाराका नेपाल मानव अधिकार संगठनको आर्थिक सहयोग र संगठनको जिल्ला शाखाको आयोजनामा २० जना नयाँ भैरवी दल गुल्म रानी वनका शैनिक अधिकृत तथा जवान, १० जना प्रहरी अधिकृत तथा जवान, मानव अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि गरेर ५० जनालाई तालिम प्रदान गरिएको सो संगठनको जिल्ला शाखाका अध्यक्ष जयदेवी शाहीले वताउनुु भयो ।

तालिममा मानव अधिकार शिक्षाको वारेमा अधिवक्ता कल्याण पोखरेल कार्यपत्र प्रस्तुुत गर्नु भएको थियो भने सुुशासन, मानव अधिकार र नागरिक विषयमा प्राध्यापक डा गोविन्द ढकालले कार्यपत्र प्रस्तुुत गर्नुु भएको थियो । तालिम पश्चात नयाँ भैरवी दल गुुल्म रानी वनका लेफ्टीनेन्ट निजर सुुनारले सेना मानव अधिकार पालनमा सदैव कटिवद्ध रहेको तिाउनुु भयो । तालिमको उदघाटन निमित्त प्रमुुख जिल्ला अधिकारी रिद्धी प्रकाश सिटौलाले व्यानर पढेर तथा मैनवत्ती वालेर उद्घाटन गर्नु भएको थियो ।

हुम्ला

Top