प्रधानमन्त्रीको सुझावविपरीत राष्ट्रपति यूएई जाँदै

काठमाडौं, २७ कार्तिक – प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा नजान दिएको सुझावविपरीत राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार (आज) यूएई भ्रमणमा निस्कँदै छिन् ।

पराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलार्य चुनाव नजिकै आउन लागेको तथा गहिरिँदो खाडी संकटको बेला यूएई भ्रमणमा जानु ठीक नहुने सुझाव केही साताअघि दिएका थिए । आजको अन्नपूर्णमा खबर छ ।

Top