कम्युनिष्ट पार्टीले गर्यो रोल्पा बन्दः जनजीवन प्रभावित

रोल्पा, २७ कार्तिक – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको रोल्पा बन्द आह्वानका कारण रोल्पाको जनजीवन बिहानदेखि प्रभावित भएको छ ।

बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प रहेका छन् ।  जिल्ला इञ्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदी लगायतका नेता कार्यकर्ता गिरप्तारीको विरुद्ध बन्द आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले बताएको छ ।

सदरमुकाम लिवाङबाट छुट्ने लामो तथा छोटा दूरीका कुनै पनि यातायातका साधन चल्न नसकेको जलजला यातायात व्यवसायी समिति रोल्पाका यज्ञश्वर आचार्यले जानकारी दिनुभयो । बन्दका कारण शैक्षीक संस्था पनि बन्द रहेका छन् ।
सडकमा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति नदेखिए पनि बन्दका कारण जिल्ला ठप्प छ ।

Top