नवलपरासीमा सवारी दुर्घटनाः १ जनाको मृत्यु

नवलपरासी, २७ कार्तिक – नवलपरासीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । नवलपरासीको गैंडाकोट ८ जयश्रीमा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार युवराज अधिकारीको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २३ प १२७८ नम्बरको स्कुटीलाई ना ५ त ६८०२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा भरतपुर महानगरपालिका –२३ निवासी ३० वर्षीय अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Top