क्रोएसिया र स्विट्जरल्याण्ड विश्वकपका लागि छनोट

एजेन्सी, २७ कार्तिक – क्रोएसिया र स्विट्जरल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् ।

युरोपेली समूहअन्तर्गत गएराति भएको दोस्रो लेगको प्ले अफ खेल बराबरीमा रोकिए पनि पहिलो लेगमा हात पारेको जितको आधारमा यी दुई राष्ट्रले विश्वकपमा स्थान बनाएका हुन् । गएराति क्रोएसियाले ग्रिससँग गोलरहित बराबरी खेल्यो । पहिलो लेगमा भने क्रोएसिया ४-१ ले विजयी भएको थियो ।

यसैगरी स्विटजरल्याण्डले पनि गएराति नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेलेको छ । पहिलो लेगमा स्विटजरल्याण्ड १-० ले विजयी भएको थियो ।

युरोपेली समूहको विश्वकप छनौट प्ले अफ्मा आजराति राती ईटालीले स्विडेनसँग खेल्नेछ । युरोपबाट छानिने अन्तिम टोलीको टुंगो भने भोली हुने डेनमार्क र रिपब्लिक अफ आयरल्याण्डको खेलपछि हुनेछ ।

Top