कंगोमा रेल दुर्घटनाहुदाँ ३४ जनाको मृत्यु,

एजेन्सी, २७ कात्तिक– दक्षिण पूर्वी कंगोमा भएको रेल दुर्घटनामा कम्तीमा पनि ३४ जनाको मृत्यु भएको छ । गुडिरहेको रेलले लिक छोडेर बाहिर निस्किँदा भएको उक्त दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको साथै अन्य कम्तीमा पनि २६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

रेलले लिक छोडेर बाहिरिएपछि बाटोमा गुडिरहेका अरु पनि कैयौ कारलाई हानेको बताइएको छ । मारिनेमा ती कारमा रहेका व्यक्ति पनि परेका छन् । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

Top