हेलिकप्टरबाट आयोगले पुर्‍यायाे बझाङमा मतपत्र

टेकेन्द्र बोहरा
कार्तिक २६ बझाङ –निर्वाचन आयोगले बझाङका लागि शनिवार हेलिकप्टरबाट मतपत्र र मतपेटिका सहितका निर्वाचन सामग्री जिल्ला सदरमुकाम चैनपुर पु¥याएको छ । मंसिर १० गते हुने निर्वाचनका लागि सेनाको हेलिकप्टरबाट सामग्रीहरु जिल्ला पुर्‍याइएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत धुर्व कुमार भन्डारी अनुसार निर्वाचनका लागि आवश्यक सबै सामान आइपुगेका छन् । प्रतिनिधिसभा सदस्यका लागि १ र प्रदेशसभा सदस्यका लागि बझाङमा २ निर्वाचन क्षेत्र छन् । जिल्लाभर १सय ६० वटा मतदान केन्द्र रहेका छन् ।

बदर मत घटाउन सामुहिक रुपमा मतदाता शिक्षा दिईने 

बझाङमा मतदाता शिक्षा कार्यक्रम सुरु गर्नका लागि छनोट भएका मतदाता कार्यकर्ताहरुलाई प्रशिक्षण सुरु कार्यक्रम हिजो वाट सुरु भएको छ । मंसीर पहिलो चरण अन्तरगत हुने प्रतिनिधि सभामा मतदान गर्ने तरिका सिकाउन र मत वदरलाई घटाउनका लागि मतादाता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएर मतदाताको माझमा पठाउने तयारी थालिएको हो । अघिल्ला निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको र वदर मतको संख्यालाई कम गर्नका लागि यसपाली नयाँ रुपमा मतदाता शिक्षा अगाडी वढाईने भएको छ ।

एक मतदान केन्द्रमा एक जनाको हिसावले १ सय ६० जना मतदाता स्वयम सेवक छनौट गरिएकोमा उनीहरुलाई मतदान गर्ने तरिका सिकाउने काम थालिएको निर्वाचन अधिकृत धुर्व भन्डारीले बताउनुभयो । निर्वाचन कार्यालय २ जना प्रशिक्षक मार्फत मतदाता शिक्षा कार्यकर्ताहरुलाई मतदान गर्ने तरिका सिकाईरहेको छ । मतादाता शिक्षा दिनका लागि सामाजिक परिचालक, स्थानीय स्तरमा रहेका विद्यालयका शिक्षक कमचार्री भएकालाई तालिम दिएर मतदातालाई मत हान्ने तयारी सिकाउन कार्यक्षेत्रमा खटाईन थालेको हो ।

Top