मौसमी रुघाखोकीका बिरामी बढे

काठमाडौं, २६ कार्तिक – केही दिनयता अस्पतालमा मौसमी रुघाखोकीका बिरामी बढेका छन् । अस्पतालमा उपचार गर्न आउनेमध्ये ८० प्रतिशत बिरामीमा मौसमी रुघाखोकी र ज्वरोको समस्या हुने गरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार कम्तीमा पनि दैनिक २० जना रुघाखोकी र ज्वरोका बिरामी भर्ना हुने गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

Top