मोरक्को र ट्युनिसिया विश्वकपमा छनौट

एजेन्सी, २६ कार्तिक – मोरक्को र ट्युनिसिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । अफ्रिकी समूहको छनोटअन्तर्गत गएराती भएको खेलमा आईभोरी कोष्टलाई २-० ले हराउँदै मोरक्को विश्वकपमा छनोट भएको हो ।

राति भएको अर्को खेलमा लिबियासँग गोलरहित बराबरी खेलेको ट्युनिसिया पनि विश्वकपमा छनौट भएको छ । यो समुहका ६ खेलबाट ट्युनिसियाले १४ अंक जोड्यो भने १३ अंकसहित दोस्रो स्थानमा रहेको प्रजातान्त्रिक गणतन्त्र कंगो विश्वकप छनोट हुन सकेन ।

अफ्रिकी समूहबाट नाईजेरिया यसअघि नै विश्वकपका लागि छनोट भईसकेको छ । बाँकी दुई टोलीको टुंगो लाग्न बाँकी छ । उता विश्वकप छनोट अन्तर्गत युरोपेली प्ले अफ्को खेलमा रिपब्लिक अफ आयरल्याण्डले डेनमार्कसँग गोलरहित बराबरी खेलेको छ ।

Top