बेसी झर्दै हुुम्लाका भेडी गोठ

राजन रावत
सिमकोट, २६ कार्तिक– जेठ देखि कार्तिक महिनाको पहिलो हप्तासम्म लेकमा रहने हुुम्लाका भेडावाख्राहरु यतिखेर औउलतर्फ (बेसी) झर्ने क्रम सुुरु भएको छ । लेकतिर जाडो सुुरु भएसंगै भेडावाख्रालाई केही न्यानो हुने वेसीतर्फ झार्ने क्रम सुुरु भएको छ ।

माथिल्लो हुुम्लीका भेडावाख्रा दक्षिणी हुुम्ला, वाजुुरा, कालिकोट, वझांङ्ग ,वर्दिया कैलाली र डोटी र अछामसम्म पुुग्ने गरेको उहाँले वताउनुु भयो । एक सय भेडालाई वुुधवार वेसीतर्फ झार्दै सिमकोट गाँउपालिका वडा नम्वर १ का स्यारम छिरीङ लामाले अव वैशाख महिनामा फिर्ता हुने वताउनुु भयो । माथिल्लो हुम्लामा हिउँ पर्ने र जाडो हुने भए पछि धेरै पहिलो देखि भेडा वाख्रालाई पाल्न र ढुवानी गरेर आम्दानी गर्न उत्तरी भेगका हुम्लीले यो काम सुुरु गर्दै आएका छन ।

यस वर्ष अछाम जिल्लासम्म भेडावाख्रा लैजाने लामाले वताउनुु भयो । डेढ सय भेडा वाख्रा भएका खार्पुुनाथ गााउ पालिका वडा नम्वर ५ खर्पेलगाँउका जगत शाहीले अव चाँडै भेडा वाख्रालाई दक्षिणतिर लैजाने वताउनुु भयो । छ महिनामा चार देखि पाँच लाख रुपियाँसमम कमाई हुने वताउने शाहीले अझै भेडावाख्राको संख्यामा वृद्धि गर्ने वताउनुु भयो । ठाँउ पनि घुमिने र कमाई पनि हुने भए पछि धेरै जोडी हुम्ली भेडावाख्रा पालनतिर लाग्ने गरेका छन ।

त्यति मात्र होइन, भेडावाख्रा पालनलाई व्यवसायका रुपमा मात्र लिएका छैनन हुम्लीले यो व्यवसाय भरपर्दा आम्दानीको व्यवसाय पनि भएको वताउनुे हुम्ली पनि धेरै छन । केही वर्ष अगाडीसम्म माथिल्लो क्षेत्रका केर्मी, खगालगाँउ, च्यादुुक, गाडापारी, धारापोरी, चौगानफया, खोल्सी, स्याँडा, याङगुु, सिमकोट, वुराउसे, वरगाँउ, ठेहे, दोजाम, ताक्ला, वाम्टा, खर्पेलगाँउ, लेख, छिप्रा, राया, थाली, पिउसो, लालि लगाएतका गाँउवाट वर्षेनी रुपमा भेडावाख्रा पाल्न मात्र होइन, खाद्यान्न ढुुवानी गरेर ल्याउन र केही कमाई गर्न पनि वेसीतर्फ भेडावाख्रा झार्ने गरिन्थ्यो ।

कुुनै समय हुुम्लीको घरमा हुने भेडा वाख्राको संख्यालाई हेरेर सम्पन्नता निर्धारण गर्ने सुुचक जस्तै भए पनि माअ‍ोवादी द्धन्द र पछिल्लो समय देशै भरि सामुुदायिक वनको अवधारण आउदाँ चरन समस्याले गर्दा हुम्लीले भेडा वाख्रा पाल्न छोडेको भए पनि दुुई वर्षयता भेडावाख्रा पाल्ने हुम्लीको संख्यामा वृृद्धि भएको जिल्ला पशुु सेवा कार्यालयका प्रास कृष्ण वहादुुर रोकायाले वताउनुु भयो । हाल ८० हजार भन्दा वढि भेडावाख्रा भएको जिल्ला पशुु सेवा कार्यालयमा तत्थ्याङ्क रहेको प्रास रोकायाले वताउनुु भयो ।
हुुम्ला

Top