फिदिममा ‘नो हर्न’

सरोज शर्मा
पाँचथर, २६ कात्तिक– २०७४ सालको बैशाख १ गतेबाट राजधानी काठमाण्डौमा लागु भएको नो हर्न देशका बिभिन्न बजारमा समेत लागु हुन थालेको छ । पुर्व क्षेत्रमा बिराटनगरमा लागु भएको यो ब्यवस्था इटहरी, बिर्तामोड लगायतका मुख्य बजारमा लागु भएका छन ।

देशका अन्य स्थानमा भएका अभ्यासलाई निरन्तरता दिँदै सदरमुकाम फिदिममा पनि नो हर्न सुरु गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीको अगुवाईमा मादकपदार्थ सेवन गरेर सवारी चलाउने बिरुद्ध चालिएका अभियान प्रभावकारी बन्दै गए पछि नो हर्नको ब्यवस्था लागु गर्न लागिएको ट्राफिक प्रमुख प्रेम शाहले जानकारी दिए ।

नो हर्नको ब्यवस्था लागु भइसकेको हो । शाहले भने¬¬ २७ कात्तिकबाट थप कडाइ गर्ने तयारी गरेका हौ । शाहको भनाईमा फिदिम बजारका शनिवारे बजारदेखी सुरु भएर आहालगैरी क्याम्पस मोड, जिल्ला प्रहरी कार्यालयबाट सुरु भएर अस्थाई बसपार्क आसपास सम्मको बजार क्षेत्रमा त्यस्तो ब्यवस्था गर्न लागिएको हो ।

ट्राफिक प्रहरीले नो हर्न लागु गर्नलाई आइतबार दिनभर सचेतना बोर्ड राखेको छ । फिदिम बजारका चौक चौकमा अहिले नो हर्न लेखिएका बोर्ड देख्न पाईन्छ । यस अघि सदरमुकाममा रहेको अस्पताल परिषरलाई हर्न निशेधित क्षेत्र बनाईएको थियो ।

सदरमुकाम क्षेत्रमा घोषणा गरिएको यस्तो ब्यवस्थालाई स्थानीयले भने पुर्वाधार बिनाको योजना भनेका छन । बजारको चाप संगै नो हर्नले दुर्घटनाको सम्भापना अझ बढाउने देखिन्छ । सरस्वती पुस्तक पसलका सञ्चालक भगिरथ पौडेलले भने–पहिला आवस्यक पुर्वाधार बन्नु पर्यो ।

पाँचथरका अन्य बजारमा पनि त्यस्तो ब्यवस्था गर्न लागिएको भए पनि सदरमुकाम क्षेत्रमा पहिला चरणमा गरिने भएको हो ।

तस्विर–नो हर्नको सुचना बोर्ड टाँस्दै ट्राफिक प्रहरी प्रमुख प्रेम शाहा ।

Top