फिदिममा खुल्यो युवा सुचना केन्द्र

सरोज शर्मा
पाँचथर, २६ कात्तिक– आम सञ्चार, पुस्तक अध्ययन र आपवसी सदभाव प्रवर्धनका लागि भन्दै पाँचथरको फिदिममा युवा सुचना केन्द्र स्थापना गरिएको छ । आज बिहान उद्घाटन गरिएको केन्द्र पञ्चमी युनेस्को संघले सञ्चालन गर्ने भएको छ ।

जिल्लामा जातिय, लैगिंक तथा राजनीति कारणले युवाहरु बिचमा आपसी मनमुटाव तथा नैरस्यता उत्पन्न भएको भन्दै त्यसको निराकरणका लागि सबै क्षेत्रका युवा अटाउन सक्ने गरी केन्द्रको स्थापना गरिएको संघका अध्यक्ष प्रदिप भण्डारीले जानकारी दिए ।

युएनडिपिको सहयोगमा सञ्चालन हुने सुचना केन्द्रमा इन्टरनेटको सहायताबाट आवस्यक सुचना लिने देखी पत्रपत्रिका र पुस्तकहरुको प्रयोगबाट सुचना लिने जानकारी दिइएको छ । फिदिम स्थित सुचना केन्द्र भवनमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बिष्णुप्रसाद साप्कोटाले सेन्टरको उद्घाटन गरे ।

कार्यक्रममा पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा, युनेस्को क्लव पाँचथरका अध्यक्ष तुलसी आचार्य, हुकोडेक नेपालका सचिव रामप्रकास सम्थिङ, गैरसरकारी संस्था महासंघ नेपाल पाँचथरका अध्यक्ष बालकृष्ण ओझा, युएनडिपिका पुर्वाञ्चल कार्यक्रम संयोजक राजेन्द्र सुब्बा लगायतले केन्द्र सञ्चालनको सुभकामना दिएका थिए ।

Top