कैलाली बस दुर्घटनाः घाइते ३५ मध्ये ३ जनाको मृत्यु

विनोद विष्ट ।
बैतडी, २६ कार्तिक – कैलालीको चुरे गाउँपालिका -३ धपेनीमा आज बिहान बस दुर्घटनामा घाइते भएका ३२ मध्ये ३ जनाको मृत्यु भएको छ । बैतडीको मेलौलीबाट कञ्चनपुरको भीमदत्तनगर जादै गरेको पवनदूत यातायातको ना ७ ख २७२३ दुर्घटनामा घाईतेमध्ये ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा बैतडीको शिवनाथ गाउँपालिका ६ की ६४ बर्षिया झुन्टीदेवी चन्द, पञ्चेश्वर गाउँपालिका ४ की २४ बर्षिया कविता तिवारी र ठेगाना नखुलेकी अन्दाजी १९ बर्षिया रेवती भाट रहेको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनाका घाइते ३२ मध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते २ जनालाई थप उपचारका लागि भारतको हलद्वानी लगिएको छ भने बाँकीको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ । अत्तरिया-डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै बस सडकबाट करिब ६० मिटर तल खसेर बिहान दुर्घटना भएको थियो ।

Top