एसीसी यू-१९ एसिया कपः नेपाल र भारतबीचको खेल जारी

काठमाडौं, २६ कार्तिक – मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

मलेसियाको बायुमस ओभलमा नेपालले तीन पटकको बिजेता भारतको सामना गरिरहेको हो । टेष्ट मान्यता राष्ट्र भारतबिरुद्ध नेपाल पहिले ब्याटिङ्ग गरिरहेको छ । भारतले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो ।

हिजो भएको पहिलो खेलमा बंगलादेशसँग डकवर्थ लुइस (डिएल) पद्दतिको आधारमा २ विकेटले पराजित नेपाललाई दोस्रो चरणमा पुग्न आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ ।

पहिलो खेलमा नेपाल अन्तिम ओभरमा चुक्दा बंगलादेशसँग पराजित भएको थियो ।

Top